
नयाँ बिकल्प,
नेपालगञ्ज । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसकाका पूर्वसभापति स्वर्गीय शुसील कोइरालाको गृह जिल्ला वाँकेमा १ नम्वर क्षेत्रिय सभापतिले पार्टीको बिधि–विधान, नियमावली, निर्देशीका र निर्णय विपरित ४ सय फर्जी सदस्यता वितरण गरेका छन्।
बाँके क्षेत्र नं. १ का क्षेत्रिय सभापति माधवराज खत्रीले कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको विभिन्न वडाको लागि वडा, गाउँ \नगर र क्षेत्रिय कार्यसमितिले गरेको सिफारिस र निर्णय विपरित यसरी सदस्यता फारम बाँडेका हुन्।
क्षेत्रिय सभापति खत्रीले वडा, स्थानीय तह र क्षेत्रिय कार्यसमितिले गरेको निर्णयलाई लत्याउँदै चार सय वटा फारम प्रेसमा छापेर वितरण मात्र गरेनन् पुराना नेता र कार्यकर्ताको नाम क्रियाशिल सदस्यबाट समेत हटाएका छन्।
वाँके १ नम्वर क्षेत्रिय सभापति खत्रीले दुई हजार २९ जनामध्ये केहीको नाम टिपेक्स लगाएर हटाइ नयाँ नाम राखेको वाँके कांग्रेसका सचिव तप्त पौडेलले बताए।
पार्टी क्रियाशिल सदस्यता कायम भएको संख्याको सतप्रतिशतसम्म मात्र नयाँ सदस्यता वितरण गर्न पाइन्छ। तर वाँके क्षेत्र नं १ मा यो निर्देशीकालाई उलंघन गरिएको छ।
खत्रीले नरैनापुरको ४ वटा वडाहरु १, २, ३ र ५ तथा कोहलपुर नगरपालिकाको ३ वटा वडाहरु ८, १० र १२ मा पुरै नयाँ सदस्यता इन्ट्रि गरिएको छैन। राप्ती सोनारी वडा नं १ मा १०६ जनाको नाम सिफारिस गरेकोमा २४ जनाको नाम काटेका छन्।
क्षेत्रिय सभापतिले राप्तीसोनारी वडा नं ६ मा किसान संघ क्षेत्रिय सभापति जुगलाल थारु र तरुण दलका सदस्य अर्जुन बुढाथोकीको नाम काटेका छन्। वार्ड नं ८ मा सर्वसम्मत रुपमा ८१ जनाको सिफारिस बाहिरबाट २९ वटा नाम थपियो।
क्षेत्रिय सभापति खत्रीले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भइ आएका तीन सय ८३ जना भित्रैबाट ४० जनाको नाम परिवर्तन गरिएको छ। यसरी विधि बिधान उलंघन गर्न पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले निर्देशन र संरक्षण दिएको जिल्लाका नेताहरु बताउँछन्।
स्रोतका अनुसार कोहलपुर वडा नं.१ मा नयाँ क्रियाशिल सदस्यता ३२ थप्नु पर्नेमा ४७ जनाको नाम थपे र १५ क्रियाशिल सदस्यको प्रक्रिया विपरित फर्जी इन्ट्री गरेका छन्।
कोहलपुरकै वडा नं.२ मा ६६ जना मात्र थप्नु पर्नेमा १ सय ११ जना थपिएको छ भने ४५ वटा फर्जी सदस्यता राखिएको छ। कोहलपुरको वडा नं. १० को पुरानो क्रियासिल सदस्य १९४ रहेकोमा नयाँ १८० दिइएकोमध्ये एक सय ३५ फारम इन्ट्री गरेको र ४५ वटा फारम समावेस गरेका छैनन्।
नरैनापुरको वडा ३ मा ४१ थान क्रियाशिल सदस्यताको फारम समावेस गरिएको छैन। यही गाउँपालिकाको वडा नं. ५ को नयाँ सबै २९ वटा सदस्यको नाम छुट्याइएको छ।
बाके १ नम्वर क्षेत्रमा यसरी चार सयभन्दा बढी सदस्यता फारमहरु अन्यत्र जिल्ला र स्थानीय प्रेसमा छापेको पाईएको भन्दै स्थानीय काग्रेसका नेताहरुले प्रारम्भीम क्रियाशिल सदस्यता छानबिन समिति वाँकेको निर्णय वडा, नगरका निर्णयसमेतको प्रतिलिपि समावेस गरी केन्द्रीय कार्यालयमा दर्ता गरिएको छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोबाट विस्थापित भएका नागरिकको पुनर्स्थापना प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।...
काठमाडौं : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका...
जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज...