
नयाँ विकल्प
वालिङ- स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ।
निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरुमा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो। नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना सङ्क्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए। सङ्क्रमितहरुमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको अध्यक्ष थापाले बताए।
डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी सङ्क्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। जिल्लामा पनि नयाँ भेरियन्टका सङ्क्रमित फेला परेपछि यहाँका वासिन्दा त्रसित भएका छन्।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...