प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनासाथ कांग्रेस पराजय नभएको बताउने देउवाले कालान्तरमा बाम गठबन्धनका कारण पराजय बेहोरेको बताउँदै आएका थिए ।
तर गृह जिल्ला पुगेका देउवाले कांग्रेस पराजय हुनुको कारण गुट भएको बताउन थालेका छन् । कार्यक्रममा कार्यकर्ताहरुले भने जिल्लामै कांग्रेस गुटमा विभाजित हुँदा चुनाव हार्न परेको भन्दै आक्रोस पोखेका थिए । कार्यकर्ताको गुनासो सुनेपछि देउवाले भने, ‘सबै मिलेपछि कांगे्रसलाई फेरि पुरानै ठाँउमा ल्याई छाड्नेछु, चुनाव हार्नुको कारण गुट पनि हो ।’ उनले आफूले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको बताउँदै सभापति देउवाले आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउँदा समेत मुखदर्शक बनेको आरोप लगाए ।
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...