
नयाँ बिकल्प,
लिस्वन – गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् उपाध्यक्षमा युवराज खनालले उम्मेदवारी घोषणा गरेसँगै उनको चर्चा हुन थालेको छ। खनालले परिषद्को आगामी २०२१–०२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन।
खनालले संघमा आर्थिक पारदर्शिता ल्याउन, संघको आर्थिक पक्षलाई सबल बनाउन, संघको कोष वृद्दि गरी विविध कार्यक्रम गर्न, नेपालमा आइपरेका विभिन्न समस्या तथा प्राकृतिक विपद् लगायतमा सहयोग गर्ने लगायतका आफ्ना ९बुँदे एजेण्डा सार्वजनिक पनि गरेका छन्।
युवालाई नेतृत्वमा अवसर दिनु पर्ने भन्दै खनालले संघलाई राजनीति प्रभावबाट मुक्त गराई आप्रवासी नेपालीको हकहितका लागि सक्रिय रहने लगायतका एजेण्डाहरु अगाडि सारेसँगै आगामी जुलाई ३१ (साउन १६गते)मा हुने निर्वाचनमा उनको चर्चा हुन थालेको छ।
उनले पोर्चुगलवासी नेपालीको सहयोग र साथदिन अनुरोध गर्दै पोर्चुगलमा एनआरएनएको चुनाबमा सफलता पाएमा करिब १८ देखि २० हजार युरो जोगाउन सकिने, जोगिएको पैसाले नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढाउन स्कुल, स्पोर्टस हल, नृत्य र बाध्यवाधन सिकाउन सकिने नविन आइडिया पनि अघि सारेका छन्।
पोर्चुगलमा बसेका आफ्ना अभिभावकहरुलाई सम्मान स्वरुप टुर तथा पिकनिक आयोजना गर्न सकिने, सामाजिक संस्थाहरु संग सहकार्य गरेर चाडपर्ब मनाउन बजेट खोज्नु नपर्ने, युवा खेलाडिहरुलाई युरोपको अन्यदेशहरुमा खेलखेल्न पठाउन बजेटको संकट नपर्ने दाबी अघि सारेका छन्।
खनालले सहमतिमा नेतृत्व चयन भए राम्रो सन्देश जाने भन्दै करिव २० हजार युरोले धेरै सम्भावित काम गर्न सकिने भन्दै त्यो नभए धेरै बजेट र समयको बर्बाद हुने तथा कोरोना संक्रमणको संभावना बढ्ने र आपसी तिक्तता एवम् बेमेल हुन सक्नेतर्फ सचेत पनि गराएका छन्।
एनआरएनए (गैरआवासिय नेपाली संघ) पोर्चुगलको ३१ जुलाईमा हुने निर्वाचनको लागि २२ जुलाईसम्म उम्मेदवारी दिने समय तोकिएको छ।
निर्वाचन संयोजक रमेशकुमार गुरुङका अनुसार आइसीसी सदस्य १, अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, १, उपाध्यक्ष २, महिला उपाध्यक्ष १, महासचिव १, सचिव २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १ र सदस्य १५ जना पदकोलागि प्रतिष्पर्धा हुँदैछ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...