एनआरएन पोर्चुगलको उपाध्यक्षमा युवराजको चर्चा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

एनआरएन पोर्चुगलको उपाध्यक्षमा युवराजको चर्चा


नयाँ बिकल्प,

लिस्वन – गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् उपाध्यक्षमा युवराज खनालले उम्मेदवारी घोषणा गरेसँगै उनको चर्चा हुन थालेको छ। खनालले परिषद्को आगामी २०२१–०२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन।

खनालले संघमा आर्थिक पारदर्शिता ल्याउन, संघको आर्थिक पक्षलाई सबल बनाउन, संघको कोष वृद्दि गरी विविध कार्यक्रम गर्न, नेपालमा आइपरेका विभिन्न समस्या तथा प्राकृतिक विपद् लगायतमा सहयोग गर्ने लगायतका आफ्ना ९बुँदे एजेण्डा सार्वजनिक पनि गरेका छन्।

युवालाई नेतृत्वमा अवसर दिनु पर्ने भन्दै खनालले संघलाई राजनीति प्रभावबाट मुक्त गराई आप्रवासी नेपालीको हकहितका लागि सक्रिय रहने लगायतका एजेण्डाहरु अगाडि सारेसँगै आगामी जुलाई ३१ (साउन १६गते)मा हुने निर्वाचनमा उनको चर्चा हुन थालेको छ।

उनले पोर्चुगलवासी नेपालीको सहयोग र साथदिन अनुरोध गर्दै पोर्चुगलमा एनआरएनएको चुनाबमा सफलता पाएमा करिब १८ देखि २० हजार युरो जोगाउन सकिने, जोगिएको पैसाले नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढाउन स्कुल, स्पोर्टस हल, नृत्य र बाध्यवाधन सिकाउन सकिने नविन आइडिया पनि अघि सारेका छन्।

पोर्चुगलमा बसेका आफ्ना अभिभावकहरुलाई सम्मान स्वरुप टुर तथा पिकनिक आयोजना गर्न सकिने, सामाजिक संस्थाहरु संग सहकार्य गरेर चाडपर्ब मनाउन बजेट खोज्नु नपर्ने, युवा खेलाडिहरुलाई युरोपको अन्यदेशहरुमा खेलखेल्न पठाउन बजेटको संकट नपर्ने दाबी अघि सारेका छन्।

खनालले सहमतिमा नेतृत्व चयन भए राम्रो सन्देश जाने भन्दै करिव २० हजार युरोले धेरै सम्भावित काम गर्न सकिने भन्दै त्यो नभए धेरै बजेट र समयको बर्बाद हुने तथा कोरोना संक्रमणको संभावना बढ्ने र आपसी तिक्तता एवम् बेमेल हुन सक्नेतर्फ सचेत पनि गराएका छन्।

एनआरएनए (गैरआवासिय नेपाली संघ) पोर्चुगलको ३१ जुलाईमा हुने निर्वाचनको लागि २२ जुलाईसम्म उम्मेदवारी दिने समय तोकिएको छ।
निर्वाचन संयोजक रमेशकुमार गुरुङका अनुसार आइसीसी सदस्य १, अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, १, उपाध्यक्ष २, महिला उपाध्यक्ष १, महासचिव १, सचिव २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १ र सदस्य १५ जना पदकोलागि प्रतिष्पर्धा हुँदैछ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ श्रावण ७, १५: ५२

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ श्रावण ७, १५: ५२

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ श्रावण ७, १५: ५२

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...