प्रधानमन्त्रीको प्रश्न पूर्वसभामुखलाईः संविधानमा धारा ७६ (५) को व्यवस्था किन राखियाे ? – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

प्रधानमन्त्रीको प्रश्न पूर्वसभामुखलाईः संविधानमा धारा ७६ (५) को व्यवस्था किन राखियाे ?


नयाँविकल्प,

काठमाडौं – नेपालको संविधानको मस्यौदा हुँदा र जारी गर्दा संविधानसभाको दुई कार्यकाल सभामुख भएका एमाले संसदीय दलका नेता शुभाषचन्द्र नेम्वाङले प्रतिनिधिसभामा शुक्रबार दिएका अभिव्यक्तिप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर प्रश्न गरेका छन्।

सदनको शुक्रबारको बैठकमा आफ्नो मन्तव्य राखेपछि प्रधानमन्त्री देउवाको भनाई नसुनी बाहिरिएका देउवाको प्रश्न थियो ‘संविधानमा धारा ७६ (५) को व्यवस्था किन गरिएको रहेछ?’

प्रधानमन्त्री देउवाले त्यस्तो धारा संविधानमा किन राखेको भनेर पूर्वसभामुख सुवास नेम्बाङलाई सोध्न मन भएको तर आफ्नो कुरा नसुनी हिँडेको भन्दै गुनासो पनि गरे। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले पनि आफ्नो भनाई राख्ने तर अरुको कुरा नसुन्ने शैली लामो समयदेखि अपनाउँदै आएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बधाइ ज्ञापन गर्ने सांसदहरूलाई धन्यवाद दिँदै देउवाले संविधानसभाका अध्यक्ष नेम्बाङले यो संविधान नभत्किने र संसद् भंग हुने छैन भनेर अभिव्यक्ति दिएको स्मरण समेत सांसदहरुलाई गराए।

यसअघि प्रधानमन्त्री देउवालाई बधाइ दिँदै नेम्बाङले जनादेश नभई परमादेशबाट प्रधानमन्त्री बनेको आरोप लगाउँदै अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गरेकामा असन्तुष्टी जनाएका थिए।

‘राष्ट्रपति स्वयंले संविधानको धारा ७६ (५) अनुसार कुनै पनि सांसदले बहुमत पु¥याउन सक्छ भने आउनोस् भनेर आह्वान गर्नुभएको थियो । सोही अनुसार नै हामी गएका हौँ,’ प्रधानमन्त्री देउवाले भने, ‘बहुमत सदस्यहरूको हस्ताक्षरसमेत हामी पुगेका थियौँ। उहाँले प्रधानमन्त्री नियुक्त गरेर संसद्बाट विश्वासको मत लेऊ भन्न सक्नुहुन्थ्यो ।’

आफैँले सांसदहरूलाई बोलाएर सनाखत गराउने अवसर राष्ट्रपतिसँग रहेको उनले स्मरण गरे । भारतकै मध्यप्रदेशमा पनि सांसदहरूलाई लाइन लगाएर सनाखत गराएको उदाहरण रहेको उनले बताए।

‘राष्ट्रपतिले त्यसरी सनाखत गराउनुभएन,’ उनले भने, ‘संविधानमा धारा ७६ (५) किन लेखियो थियो भन्ने कुरा पूर्वसभामुखजीलाई बढी थाहा छ। उहाँले प्रष्ट पार्नुपर्नेमा उल्टो प्रश्न गर्ने?’ देउवाले भने।

उनले कांग्रेसका सांसदलाई विश्वासको मत लिने सन्दर्भमा ह्विप लगाइएको नेम्बाङको आरोप खण्डन गरे। ‘पार्टीका सांसदहरूलाई काठमाडौं आइदिनोस् भनेर अनुरोध मात्र गरेका थियौँ, त्यो कसरी ह्विप भयो ?’ देउवाले प्रश्न गरे, ‘अनुरोध गर्नु ह्विप होइन नि ।’

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ श्रावण ८, १८: २५

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ श्रावण ८, १८: २५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ श्रावण ८, १८: २५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...