प्रधानमन्त्रीको प्रश्न पूर्वसभामुखलाईः संविधानमा धारा ७६ (५) को व्यवस्था किन राखियाे ? – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

प्रधानमन्त्रीको प्रश्न पूर्वसभामुखलाईः संविधानमा धारा ७६ (५) को व्यवस्था किन राखियाे ?


नयाँविकल्प,

काठमाडौं – नेपालको संविधानको मस्यौदा हुँदा र जारी गर्दा संविधानसभाको दुई कार्यकाल सभामुख भएका एमाले संसदीय दलका नेता शुभाषचन्द्र नेम्वाङले प्रतिनिधिसभामा शुक्रबार दिएका अभिव्यक्तिप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर प्रश्न गरेका छन्।

सदनको शुक्रबारको बैठकमा आफ्नो मन्तव्य राखेपछि प्रधानमन्त्री देउवाको भनाई नसुनी बाहिरिएका देउवाको प्रश्न थियो ‘संविधानमा धारा ७६ (५) को व्यवस्था किन गरिएको रहेछ?’

प्रधानमन्त्री देउवाले त्यस्तो धारा संविधानमा किन राखेको भनेर पूर्वसभामुख सुवास नेम्बाङलाई सोध्न मन भएको तर आफ्नो कुरा नसुनी हिँडेको भन्दै गुनासो पनि गरे। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले पनि आफ्नो भनाई राख्ने तर अरुको कुरा नसुन्ने शैली लामो समयदेखि अपनाउँदै आएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बधाइ ज्ञापन गर्ने सांसदहरूलाई धन्यवाद दिँदै देउवाले संविधानसभाका अध्यक्ष नेम्बाङले यो संविधान नभत्किने र संसद् भंग हुने छैन भनेर अभिव्यक्ति दिएको स्मरण समेत सांसदहरुलाई गराए।

यसअघि प्रधानमन्त्री देउवालाई बधाइ दिँदै नेम्बाङले जनादेश नभई परमादेशबाट प्रधानमन्त्री बनेको आरोप लगाउँदै अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गरेकामा असन्तुष्टी जनाएका थिए।

‘राष्ट्रपति स्वयंले संविधानको धारा ७६ (५) अनुसार कुनै पनि सांसदले बहुमत पु¥याउन सक्छ भने आउनोस् भनेर आह्वान गर्नुभएको थियो । सोही अनुसार नै हामी गएका हौँ,’ प्रधानमन्त्री देउवाले भने, ‘बहुमत सदस्यहरूको हस्ताक्षरसमेत हामी पुगेका थियौँ। उहाँले प्रधानमन्त्री नियुक्त गरेर संसद्बाट विश्वासको मत लेऊ भन्न सक्नुहुन्थ्यो ।’

आफैँले सांसदहरूलाई बोलाएर सनाखत गराउने अवसर राष्ट्रपतिसँग रहेको उनले स्मरण गरे । भारतकै मध्यप्रदेशमा पनि सांसदहरूलाई लाइन लगाएर सनाखत गराएको उदाहरण रहेको उनले बताए।

‘राष्ट्रपतिले त्यसरी सनाखत गराउनुभएन,’ उनले भने, ‘संविधानमा धारा ७६ (५) किन लेखियो थियो भन्ने कुरा पूर्वसभामुखजीलाई बढी थाहा छ। उहाँले प्रष्ट पार्नुपर्नेमा उल्टो प्रश्न गर्ने?’ देउवाले भने।

उनले कांग्रेसका सांसदलाई विश्वासको मत लिने सन्दर्भमा ह्विप लगाइएको नेम्बाङको आरोप खण्डन गरे। ‘पार्टीका सांसदहरूलाई काठमाडौं आइदिनोस् भनेर अनुरोध मात्र गरेका थियौँ, त्यो कसरी ह्विप भयो ?’ देउवाले प्रश्न गरे, ‘अनुरोध गर्नु ह्विप होइन नि ।’

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण ८, १८: २५

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण ८, १८: २५

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण ८, १८: २५

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...