बहुमतको हुंकारले सरकार नचल्दा लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेस बाध्य भयो : नेता सिंह – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

बहुमतको हुंकारले सरकार नचल्दा लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेस बाध्य भयो : नेता सिंह

नयाँ विकल्प,


काठमाडौं – नेपाली कांग्रेस सांसद तथा नेता प्रकाशमान सिंहले परमादेशबाट सरकार बनाएको भन्दै प्रतिपक्ष नेताहरुबाट भइरहेको आलोचना संविधानको अपव्याख्या हुने बताएका छन्।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संविधानको धारा ७६(५) को अपव्याख्या नगर्न आग्रह गरेका हुन् ।

‘संविधानमा ७६(५) अनि अहिले आएर संस्कार र कल्चरको कुरा गर्न मिल्छ? पुस ५ गते संसद विघटन भयो, दोस्रो पटक जेठ ८ मा पनि भयो’, सिंहले भने, ‘आफू सत्तामा बस्दा कार्यपालिकाले अपनाउनुपर्ने विधि नअपनाउने ? तर अहिले जनादेश होइन परमादेशबाट प्रधानमन्त्री भनेर कराउने ?’ सिंह भने,

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले निवर्तमान केपी ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण काम गरेकाले लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न काँग्रेस सरकारमा जान बाध्य भएको बताए ।

‘एमाले पार्टीलाई व्यवस्थित गर्न नसक्ने, जनताको वाचा पुरा गर्न नसक्ने, विधि मिचेर बहुमत छ भनेर हुंकार गरेपनि सरकार चल्न सकेन र आफैले छोडेकाले हाम्रो दलको नेता प्रधानमन्त्री हुनुभएको छ ।’ सिंह भने, ‘कुन चाहिँ प्रधानमन्त्रीले भनेको हो मैलै बिर्सेँ, निवर्तमान प्रधानमन्त्रीले नै जस्तो लाग्छ । उहाँले शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । झण्डै दुई तिहाइको केपी ओली नेतृत्वको सरकारले के गर्यो ?’

सिंहले सरकारलाई कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासन दिने कुरामा विशेष ख्याल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ श्रावण ८, २२: २८

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ श्रावण ८, २२: २८

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ श्रावण ८, २२: २८

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...