बहुमतको हुंकारले सरकार नचल्दा लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेस बाध्य भयो : नेता सिंह – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

बहुमतको हुंकारले सरकार नचल्दा लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेस बाध्य भयो : नेता सिंह

नयाँ विकल्प,


काठमाडौं – नेपाली कांग्रेस सांसद तथा नेता प्रकाशमान सिंहले परमादेशबाट सरकार बनाएको भन्दै प्रतिपक्ष नेताहरुबाट भइरहेको आलोचना संविधानको अपव्याख्या हुने बताएका छन्।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संविधानको धारा ७६(५) को अपव्याख्या नगर्न आग्रह गरेका हुन् ।

‘संविधानमा ७६(५) अनि अहिले आएर संस्कार र कल्चरको कुरा गर्न मिल्छ? पुस ५ गते संसद विघटन भयो, दोस्रो पटक जेठ ८ मा पनि भयो’, सिंहले भने, ‘आफू सत्तामा बस्दा कार्यपालिकाले अपनाउनुपर्ने विधि नअपनाउने ? तर अहिले जनादेश होइन परमादेशबाट प्रधानमन्त्री भनेर कराउने ?’ सिंह भने,

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले निवर्तमान केपी ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण काम गरेकाले लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न काँग्रेस सरकारमा जान बाध्य भएको बताए ।

‘एमाले पार्टीलाई व्यवस्थित गर्न नसक्ने, जनताको वाचा पुरा गर्न नसक्ने, विधि मिचेर बहुमत छ भनेर हुंकार गरेपनि सरकार चल्न सकेन र आफैले छोडेकाले हाम्रो दलको नेता प्रधानमन्त्री हुनुभएको छ ।’ सिंह भने, ‘कुन चाहिँ प्रधानमन्त्रीले भनेको हो मैलै बिर्सेँ, निवर्तमान प्रधानमन्त्रीले नै जस्तो लाग्छ । उहाँले शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । झण्डै दुई तिहाइको केपी ओली नेतृत्वको सरकारले के गर्यो ?’

सिंहले सरकारलाई कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासन दिने कुरामा विशेष ख्याल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण ८, २२: २८

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण ८, २२: २८

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण ८, २२: २८

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...