अर्को कार्यतालिका नआउजेल तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

अर्को कार्यतालिका नआउजेल तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

नयाँ विकल्प,

काठमाडौं- तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएको नेपाली कांग्रेसले जनाएको छ ।

शनिबार पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने छ ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल शुरु भएको छ ।

आजको पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०७८ श्रावण ९, २०: २८

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०७८ श्रावण ९, २०: २८

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०७८ श्रावण ९, २०: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...