प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने पाँच दलीय गठबन्धनको निर्णय – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने पाँच दलीय गठबन्धनको निर्णय

नयाँ विकल्प

काठमाडौं- पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ। प्रधानमन्त्री निवासमा शनिबार साँझ बसेको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०७८ श्रावण १०, ०७: २८

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०७८ श्रावण १०, ०७: २८

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०७८ श्रावण १०, ०७: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...