स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

लिटल एन्जल्स स्कुल तथा प्राईम कमर्सियल बैंकका संचालक समेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले कांग्रेसका समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन्। योसँगै मन्त्रिमण्डलको संख्या ६ सदस्यीय भएको छ।

भोजपुरमा जन्मिएका श्रेष्ठ अविवाहित हुन्। उनको शिक्षा, बैकिङका साथै अन्य व्यवसायमा पनि लगानी रहेको छ । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिएका छन्।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०७८ श्रावण १०, १७: ३८

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०७८ श्रावण १०, १७: ३८

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०७८ श्रावण १०, १७: ३८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...