
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन्।
लिटल एन्जल्स स्कुल तथा प्राईम कमर्सियल बैंकका संचालक समेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले कांग्रेसका समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन्। योसँगै मन्त्रिमण्डलको संख्या ६ सदस्यीय भएको छ।
भोजपुरमा जन्मिएका श्रेष्ठ अविवाहित हुन्। उनको शिक्षा, बैकिङका साथै अन्य व्यवसायमा पनि लगानी रहेको छ । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिएका छन्।

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...