महन्थलाई सर्वोच्चले अन्तरिम आदेश नदिएपछि यादव पक्षलाई बहुमत देखाउने बाटो खुल्यो – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper
जसपा बिबाद प्रकरणः

महन्थलाई सर्वोच्चले अन्तरिम आदेश नदिएपछि यादव पक्षलाई बहुमत देखाउने बाटो खुल्यो


नयाँ बिकल्प,

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत गर्ने निर्वाचन आयोगको निर्णयलाई रोक्ने माग गर्दै दिइएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिदिएपछि निर्वाचन आयोगलाई समेत जसपाको बहुमत ठाकुर वा उपेन्द्र यादव पक्षमा छ भनी सनाखन गर्ने बाटो खुलेको छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि साउन १५ गते बोलाएको छ। तर जसपाको विवादमा आयोगले सोमबार ११ बजे कार्यकारिणी समितिका ५१ जनालाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउने निर्णय गरिसकेको छ।

सर्वोच्चले आज अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिमा जसको बहुमत छ, उसैलाई आधिकारिकता दिने निश्चित छ। हालसम्मको स्थितिमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको स्पस्ट बहुमत देखिन्छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले ८ साउनमा रिट दर्ता गरेका थिए। सर्वोच्चको यो निर्णयसँगै उपेन्द्र पक्ष खुसी देखिएको छ भने महन्थ ठाकुर पक्ष बेखुस भएको छ।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०७८ श्रावण १०, १८: २८

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०७८ श्रावण १०, १८: २८

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०७८ श्रावण १०, १८: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...