
नयाँ बिकल्प,
काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत गर्ने निर्वाचन आयोगको निर्णयलाई रोक्ने माग गर्दै दिइएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिदिएपछि निर्वाचन आयोगलाई समेत जसपाको बहुमत ठाकुर वा उपेन्द्र यादव पक्षमा छ भनी सनाखन गर्ने बाटो खुलेको छ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि साउन १५ गते बोलाएको छ। तर जसपाको विवादमा आयोगले सोमबार ११ बजे कार्यकारिणी समितिका ५१ जनालाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउने निर्णय गरिसकेको छ।
सर्वोच्चले आज अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिमा जसको बहुमत छ, उसैलाई आधिकारिकता दिने निश्चित छ। हालसम्मको स्थितिमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको स्पस्ट बहुमत देखिन्छ।
निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले ८ साउनमा रिट दर्ता गरेका थिए। सर्वोच्चको यो निर्णयसँगै उपेन्द्र पक्ष खुसी देखिएको छ भने महन्थ ठाकुर पक्ष बेखुस भएको छ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...