पार्टी एकताभन्दा बाहिर जाने अनुमति छैन भन्दै एमालेका दुवै पक्षका सांसदले दिन थाले दबाब – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

पार्टी एकताभन्दा बाहिर जाने अनुमति छैन भन्दै एमालेका दुवै पक्षका सांसदले दिन थाले दबाब


नयाँ विकल्प,

काठमाडौं- नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन ।

१० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् ।


एमालेका वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार बेलुका केही बेर बसेर सकिएको छ । केही बेर चलेको बैठकमा विघटित कार्यदलका तर्फबाट नेता भीम रावलले १० बुँदे प्रस्तावबारे सामान्य चर्चा गरेका थिए ।

यस्तै आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने सांसद कृष्णप्रसाद दाहालले प्रतिबद्धता जनाएका छन् ।

पार्टी एकतालाई मजबुत बनाउन दबाब अभियान सुरु गरिएको उनले बबताए ।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०७८ श्रावण १०, २२: २५

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०७८ श्रावण १०, २२: २५

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०७८ श्रावण १०, २२: २५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...