पार्टी एकताभन्दा बाहिर जाने अनुमति छैन भन्दै एमालेका दुवै पक्षका सांसदले दिन थाले दबाब – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

पार्टी एकताभन्दा बाहिर जाने अनुमति छैन भन्दै एमालेका दुवै पक्षका सांसदले दिन थाले दबाब


नयाँ विकल्प,

काठमाडौं- नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन ।

१० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् ।


एमालेका वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार बेलुका केही बेर बसेर सकिएको छ । केही बेर चलेको बैठकमा विघटित कार्यदलका तर्फबाट नेता भीम रावलले १० बुँदे प्रस्तावबारे सामान्य चर्चा गरेका थिए ।

यस्तै आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने सांसद कृष्णप्रसाद दाहालले प्रतिबद्धता जनाएका छन् ।

पार्टी एकतालाई मजबुत बनाउन दबाब अभियान सुरु गरिएको उनले बबताए ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण १०, २२: २५

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण १०, २२: २५

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण १०, २२: २५

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...