माधव नेपाल पक्ष निर्लज्ज, धोकाबाज अनि बेइमान भएको एमाले अध्यक्ष ओलीको आरोप – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

माधव नेपाल पक्ष निर्लज्ज, धोकाबाज अनि बेइमान भएको एमाले अध्यक्ष ओलीको आरोप

नयाँ विकल्प,

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको बताएका छन् ।

वर्तमान सरकारले प्रतिगमनको बाटो लिएको भन्दै त्यसको प्रतिवाद गर्ने तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा आरोप लगाएका हुन् ।


अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको बताएका हुन् ।

उनले माधव नेपाल समूहले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकाबाज र बेइमान काम गरेको आरोप लगाए ।

‘पार्टीप्रतिको निष्ठा, इमान सबै छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पु¥याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ,’ अध्यक्ष ओलीले आक्रोशित हुँदै भने, ‘यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।’

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७८ श्रावण १७, २०: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७८ श्रावण १७, २०: ०८

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ श्रावण १७, २०: ०८

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...