खोप प्रमाणपत्रको पैसा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

खोप प्रमाणपत्रको पैसा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

नयाँ विकल्प,

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई खोप प्रमाणपत्रको पैसा नलिन निर्देशन दिएको छ ।

बैदेशिक रोजगारी एबम अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरुलाई कोभिड -१९ बिरुद्धको खोप लगाएको प्रमाण पत्र जारी गर्दा रकम नलिन मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले गत साउन ७ गतेको सचिवस्तरको निर्णय अनुसार खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन दिएको थियो ।

तर,केही अस्पतालहरुबाट शुल्क लिएको जनगुनासो आएपछि कोभिड- १९ बिरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न निर्देशन गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले बताए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण १७, २०: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण १७, २०: १५

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण १७, २०: १५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...