
नयाँ विकल्प,
नवलपरासी – नवलपरासी प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय योगेन्द्र यादव र भारतको उत्तर प्रदेशका २७ वर्षीय समिर खान स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन् ।
उनीहरूको साथमा रहेको नौ लाख भारु र १८ लाख ५० हजार रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ परेका नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।
दुवै जनालाई बर्दघाट नगरपालिका १२ भटौलियाको परासी नारायण चोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई बरामद रकमसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रहरीले जनाएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...