
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ ।
सोमवार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको हो ।
बैैठकले महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारेर पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो ।
प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
अध्यक्षबाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय कमिटीले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको नेता ज्ञवालीले बताए ।
एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि त्यो प्रस्तावित विधान आउँदो भदौ २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ ।
प्रस्तावित विधानमा पाँच वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने, प्रदेश अधिवेशन चार वर्षमा, तीन वर्षमा जिल्ला अधिवेशन र अन्य कमिटीहरूको अधिवेशन दुईरदुई वर्षमा गर्ने पनि प्रस्ताव गरिएको एमालेले जनाएको छ । बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भनी तयार पारेको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...