
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको १४ महाधिवेश भदौमा नहुने निश्चित भएको छ ।
बुधबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसको शीर्ष नेताहरुको बैठकमा महाधिवेश सार्ने विषयमा दुवै पक्ष तयार भए पनि मितिबारे सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संवैधानिक हैसियतमा प्रश्न उठ्ने भन्दै भदौ २३ अगाडि नै तल्लो तहको अधिवेशन शुरू गरेर ढिलोमा असोज पहिलो साता महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएका छन् ।
दुवै पक्षले अडान यथावत राखेपछि भोलि २ बजे बस्ते बैठकमा छलफल हुने छ ।
बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा नेताहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी भएका थिए ।
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...
काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...