
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी नेताहरुबीच पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्ने विषयमा बिहिबार सहमति जुट्न सकेन ।
कोरोना महमारीको उच्च जोखिम बढेकाले भोली बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा जनस्वास्थ्यको पूर्ण रुपमा पालना गरी नयाँ कार्यतालिका लागि छलफलमा जुट्ने भएको छ ।
बिहीवारबाट सुरु भएको केन्द्रीय समितिको बैठक केहि दिन जारी रहने छ ।
भदौ महिनाबाट वडा , पालिका , प्रदेश क र ख , प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै क्रमशः प्रदेश र केन्द्रीय महाधिवेशन ०७८ मंसिरसम्ममा सम्पन्न गर्ने कार्यतालिका केन्द्रिय कार्यसमितिको बैठकले निर्माण गर्ने बताइएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार दिउँसोदेखि बसेको केन्द्रीय कार्यसमितिमा उपसभापति एवं राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेको थिए ।
आज केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएकोमा बधाई दिदैँ संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा संविधानको मर्म अनुरुप सर्वोच्च अदालतको फैसलालाई स्वागत समेत गरिएको थियो ।
कोभिड–१९ को महामारी र बाढिपहिरोबाट पिडित जनताको रक्षा र राहतका कार्यमा सक्रिय भएर लाग्न समेत सरकारलाई सचेत गराइएको थिए ।
बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, रमेश लेखक, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले धारणा व्यक्त गरेका थिए ।
भोली कार्यसमिति बैठक बिहान ११ बजे सभापति देउवा निवास, बुढानीलकण्ठमा पुनः बस्ने नेपाली कांग्रेसका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...