आर्थिक वर्ष ०७७र७८ मा केन्द्र सरकारले गर्यो १ हजार १८० अर्ब ९५ करोड खर्च – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

आर्थिक वर्ष ०७७र७८ मा केन्द्र सरकारले गर्यो १ हजार १८० अर्ब ९५ करोड खर्च

याँ विकल्प,

काठमाडौं – संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको छ ।

आर्थिक वर्ष ०७७र७८ मा महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७र७८ मा संघीय सरकारको कुल खर्च रु.१,१८० अर्ब ९५ करोड भएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

शुक्रबार चालु खर्च रु. ८५१ अर्ब ६८ करोड, पुँजीगत खर्च रु. २२८ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च रु. १०० अर्ब ९७ करोड रहेको छ ।

त्यसैगरी राजस्व संकलन रु. ९३८ अर्ब ३२ करोड भएको सार्वजनिक मौद्रिक नीतिको सरकारी खर्च, राजस्व र आन्तरिक ऋण परिचालन शीर्षकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७र७८ मा नेपाल सरकारले कुल आन्तरिक ऋण परिचालन रु.२२४ अर्ब १ करोड र साँवा भुक्तानी रु. ३६ अर्ब ९० करोड गरी खुद आन्तरिक ऋण रु. १८७ अर्ब ११ करोड परिचालन गरेको मौद्रिक नीतिमा बताइएको छ ।

उक्त रकम कुल गार्हस्थ्य उत्पादनको ४.४ प्रतिशत हुन आउँछ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण २९, २२: ०६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २९, २२: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २९, २२: ०६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...