
नयाँ विकल्प,
काठमाडौ – अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेको सिन्ह्वाले जनाएको छ ।
अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाडेको सिन्हाले जनाएको हो ।
अशरफ घानी र उनका सहयोगीले पनि अफगानिस्तान छाडेका छन् ।
यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको बताएको खबरमा उल्लेख छ ।
घानी अफगानिस्तानबाट ताजकिस्तान पुग्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेको बीबीसीमा उल्लेख छ ।
तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेको थियो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...