
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानमा रहेका १३४ जना नेपाली सरकारको सम्पर्कमा आएका छन् ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपालीलाई विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो ।
सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे सरकारलाई जानकारी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि +९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७-९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने बताएको छ ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...