बागमती प्रदेशसभाको बैठक भोलि बस्दै – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै

नयाँ विकल्प,

मकवानपुर – बागमती प्रदेश सभा बैठक भोली अर्थात भदौ १ गते बस्ने भएको छ ।

लामो समयदेखि स्थगित भएको प्रदेश सभाको बैठक भोली दिउसो २ बजे बस्ने भएको छ ।

भोलि बस्ने बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि बस्न लागेको हो ।

भोली देखि चल्ने प्रदेशसभा बैठकमा केही प्रदेश ऐन पेस हुने र प्रदेशसभा नियमावली संशोधन माथि छलफल हुनेछ ।

त्यस्तै उक्त बैठकमा प्रदेशसभाको लोगोका बारेमा पनि छलफल भएको र आगामी केही समयभित्रै प्रदेशसभाका सदस्यहरूलाई लोगो उपलब्ध गराउने गरी तयारी भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ३२, २१: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण ३२, २१: ४१

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ३२, २१: ४१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...