ठाकुरको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

ठाकुरको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

नयाँ विकल्प,

काठमाडौं – जनता समाजवादी पार्टी ‘जसपा’को आधिकारिकताबारे महन्थ ठाकुर पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

जसपा नेपालको आधिकारिकता डा.बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो ।

न्यायाधीश दीदपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ‘आज’ ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यसअघि गत साउन ११ गते निर्वाचन आयोगले जसपाको कार्यकारिणी समिति सदस्यहरुको ‘हेड् काउन्ट्’बाट समस्या समाधान गर्दै भट्टराई–यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ३२, २२: ५४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ३२, २२: ५४

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ३२, २२: ५४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...