
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।
मंगलबार आफू पक्षीय जनवर्गीय सङ्गठनहरूको कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भन्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
ओलीले आफूहरूलाई लगाएको आरोप फिर्ता लिने र आत्मालोचना समेत नगरेको उनले बताए ।
उनले पुनर्गठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने बताए ।
‘उहाँ पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ ,विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने ? हामी एकताका निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब हामी पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुनर्गठन गरिने छ । क्रान्तिकारी पार्टीमा रूपान्तरण गरिनेछ । ’ नेता नेपालले भने,
आफूलगायतका सांसदहरुलाई कारबाही गरेको तर्फ इङ्गित गर्दै आफूहरू कारबाहीबाट विचलित नभइ अगाडि बढ्ने पनि उनको भनाइ छ ।
वरिष्ठ नेता नेपालले आफूहरूले नयाँ पार्टी खोले पनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडि हटेमा पार्टी एकताको ढोका खुला रहने बताउँदे आउँदो चुनावमा सहकार्य हुनसक्ने समेत उनले बताए ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...