अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न मानव अधिकार आयोगको अनुरोध – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न मानव अधिकार आयोगको अनुरोध

नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग अनुरोधगरेको छ ।

अफगानिस्तानमा अहिले देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको जीवन जोखिममा पर्न सक्ने भन्‍दै तत्काल उद्धार गर्न सरकारसँग माग गर्दै आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेको हो ।

‘अफगानिस्तानमा जोखिममा रहेका नेपाली नागरिकको एकीन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कुटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’ आयोगका सहसचिव डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

उनिहरुले सञ्चार माध्यममा आए जस्तो अफगानिस्तानमा ठूलो जोखिमको स्थिति नरहेको पनि स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र १, २१: २८

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र १, २१: २८

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र १, २१: २८

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...