
नयाँ विकल्प,
मकवानपुर – माधवकुमार नेपालले नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी पार्टी गठन गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।
बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।
एमाले विभाजन भएसँगै बागमती प्रदेशमा माधवकुमार नेपाल पक्षका नेताहरुलाई एमालेभित्रै राख्नका लागि सरकारको नेतृत्व परिवर्तन गर्दै थामथुम पार्न खोजेको हो ।
आजै एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त को प्रक्रिया सुरु भएको छ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...