शर्मालाई प्रधान सेनापतिमा नियुक्तीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिदैँ,यस्तो छ आजको मन्त्रिपरिषद्को निर्णय – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

शर्मालाई प्रधान सेनापतिमा नियुक्तीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिदैँ,यस्तो छ आजको मन्त्रिपरिषद्को निर्णय

नयाँ विकल्प,

काठमाडौं – सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।


त्यसैगरी बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणीमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृती गर्ने निर्णय गर्नुका साथै सिँचाइ र ऊर्जा मन्त्रालयका केही बरिष्ठ इन्जिनीयरहरुलाई द्धितिय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा गरेको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र ३, १९: ५५

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र ३, १९: ५५

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र ३, १९: ५५

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...