
नयाँ विकल्प,
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य र सांसदलाई एमालेमा फर्कन आग्रह गरेका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओली नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आग्रह गरेका हुन् ।
देश बनाउने जिम्मा एमालेकै काँधमा रहेकाले पदको लोभमा नपरि माधव नेपालमा नजान आग्रह गर्दै पार्टीको जिम्मेवारी सम्हाल्न ओलीले आवाह्नन गरेका छन् ।
प्रदेश र पालिकामा बहुमतमा रहेकोले देशभरको सरकार एमाले सरकारमै रहेकोउनले बताए ।
प्रदेश र पालिकामा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै रहेको उनको भनाइ छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...