
नयाँ विकल्प,
काठमाडौं – पूर्व प्रधानमन्त्री झलनाथ खनालले अस्पतालको शैष्याबाटै माधव नेपाल पक्षले विहिबार दर्ता गराएको पार्टीमा रहने जानकारी दिएका छन् ।
आज विज्ञप्ति जारी गर्दै नेता खनालले कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादी) पार्टीमा रहेको बताएका हुन् ।
एमालेभित्रै एकताको कुरा गरिरहँदा खनालले भने आफू माधव नेपालको पार्टीमा भएको बताए ।
एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ । हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनाल नयाँ पार्टी बनेपनि मौन बस्दै आएका थिए ।
एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका छन् ।
खनालको सचिवालयले नयाँ पार्टीलाई एमालेका पूर्वअध्यक्ष समेत रहेका उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो ।
‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’ खनालको आधिकारिक फेसबुकमा सचिवालयले लेखेको छ,
माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टीले आजै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।
उनी समूहमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, ठाकुर गैरे लगायतका नेता भने नेपालले गठन गरेको पार्टीमा गएका छैनन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...