निर्वाचन आयोगले बोलायो भदौ ९ गते माधव नेपाल र महन्थ ठाकुरलाई दलबारे सनाखत गर्न – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

निर्वाचन आयोगले बोलायो भदौ ९ गते माधव नेपाल र महन्थ ठाकुरलाई दलबारे सनाखत गर्न

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।

दुवै पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई सनाखतका लागि भदौ ९ बुधवार गते बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म निर्वाचन आयोगको कार्यालयमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

केन्द्रीय सदस्य र सांसदहरू स्वयम् उपस्थित भएर सनाखत गरेपछि दल दर्ताका लागि प्रस्ताव पेस हुने उनलेले बताए ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित एक सय १५ जना केन्द्रीय सदस्य छन् भने लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र ४, २०: ४४

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र ४, २०: ४४

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र ४, २०: ४४

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...