माओवादी केन्द्रले प्रदेशमा पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

माओवादी केन्द्रले प्रदेशमा पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो


नयाँ विकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।


जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


बैठकले विभागको प्रमुख पनि तोकेको छ ।


बैठकमा केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेन्डामा छलफल बृहत छलफल भएको थियो ।


साथै बैठकले कोभिड महामारीमा नागरिकलाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषयमा पनि छलफल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र ६, १९: २३

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र ६, १९: २३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र ६, १९: २३

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...