
नयाँ विकल्प,
काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।
सबै पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ हुन गएको उनको भनाइ छ ।
सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित गर्ने र कम्युनिस्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट देशलाई मुक्त गराउने लक्ष्य लिएको बताए ।
सरकारले नागरिकको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना बनाएको समेत सुनाए ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...