
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।
एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न समेत तयार भएको सचिव भट्टराईले दाबी गरे ।
सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्न अध्यक्ष ओलीले आफु प्रतिबद्ध रहेको बताएको बालकोटमा भएको वार्तापछि पत्रकारसँग कुरा गर्दै भट्टराईले बताएका हुन् ।
माधव नेपालकै समूहमा रहेर हाल विभाजनमा नलागेका नेता भट्टराईले माधव नेपाल दल दर्ताबाट एमालेमै फर्किए कारवाही फिर्ता हुने उनको जिकीर थियो ।
साथै उनले नेपाललाई विभाजनमा साथ दिएकाहरूलाई एमालेमा फर्किन आग्रह गरे ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...