
नयाँ विकल्प,
काठमाडौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले दिएको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधवार पार्टी केन्द्रीय कार्यालयपुगेका वरिष्ठ नेता पौडेलले पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवालाई दवाब दिएका हुन् ।
पार्टीको वैधानिक सङ्कट आउन नदिन आउँदो भदौ १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए ।
महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको आरोप समेत लगाए ।
पार्टी नेतृत्व इमानदार भएको खण्डमा अझै पनि तोकिएकै समयमा १४ औं महाधिवेशन सम्पन्न गर्न जिकीर गरे ।
संवैधानिक सङ्कटबाट नेपाली कांग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता रहेको उनले बताए ।
०७७ साल मङ्सिर २८ गतेदेखि सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गर्न नमान्दा अहिले सङ्कट आएको नेता पौडेलको ठहर छ ।
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...