‘हिजो सरकारमा हुँदा काम गर्न दिइएन, अहिलेको सरकार कामै गर्दैन’: एमाले अध्यक्ष ओली – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

‘हिजो सरकारमा हुँदा काम गर्न दिइएन, अहिलेको सरकार कामै गर्दैन’: एमाले अध्यक्ष ओली

नयाँ विकल्प,

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष पुष्पकमल दाहालले झुट बोलेको दाबी गरेका छन् ।


देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाइप्रति अध्यक्ष ओलीले आपत्ति जनाएका हुन् ।


आज बुधवार देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको जिकीर गरे ।

आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न गरे ।


वर्तमान सरकारले कामै नगर्ने उनको दाबी थियो। आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको भन्दै वर्तमान सरकार आफैँले विकास निर्माणको काम ठप्प पारेको समेत बताए ।

अध्यक्ष ओलीले दीर्घकालीन खालका आयोजनाहरूको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोशसमेत व्यक्त गरे ।


‘हिजो सरकार हुँदा काम गर्न दिइएन, अहिलेको सरकार कामै गर्दैन ,नकाम मात्रै गर्छ, भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ, दीर्घकालीन आयोजनाहरू रोक्नू भनेर सरकारले परिपत्र गरेको छ ।’ उनले भने,

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र ९, २१: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र ९, २१: ११

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ९, २१: ११

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...