
नयाँ विकल्प,
काठमाडौ – नेपाल बाढी पूर्वानुमान शाखाले देशभर भइरहेको निरन्तरको वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
भदौ १० गते रातिदेखि भदौ ११ गतेसम्म नारायणी नदी र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सर्तकता आसपास पुग्न सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
साथै भारी वर्षाका कारण मझौला नदीहरू कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती साथै बबईमा समेत पानीको बहाव बढ्ने र केहीमा सर्तकता आसपास पुग्न सक्ने हुँदा सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाको आग्रह हो ।
यस्तै देशभरिका मध्यपहाड, चुरे, र तराई भइ बग्ने स–साना नदीहरू तथा केही नदीमा आकस्मिक बहाव हुने सम्भावना रहेकाले त्यस अवधिभर तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत शाखाले आग्रह गरेको छ ।
काठमाडौँ । काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...