बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु, ४४ बेपत्ता – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु, ४४ बेपत्ता


नयाँ विकल्प,

काठकाडौं – मनसुन सुरु भएयता (गएको जेठ ३१ पछि) देशभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ ।


ती घटनामा परेर अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पाँच हजार पाँच सय जनाभन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिए ।

गृह मन्त्रालयमा गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रवार बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए ।

आज तीन जनाको ज्यान गएको छ र तीन जना बेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ ।

बाढी पहिराले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

गृह मन्त्री खाणले पछिल्लो समय देशभर आएको बाढी पहिरोका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र ११, २१: २०

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र ११, २१: २०

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र ११, २१: २०

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...