सिसडोल जाने बाटो तुरुन्तै मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

सिसडोल जाने बाटो तुरुन्तै मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागलाई निर्देशन दिएका छन् ।

उपत्यकाको फोहर विसर्जन गर्ने ठाउँ तत्काल मर्मत गर्न सोमबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोली समस्या समाधानको पहल गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीले सडक विभागका महानिर्देशकलाई निर्देशन दिएका हुन् ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि सङ्घीय सरकारले सहयोग गर्ने वचन प्रधानमन्त्रीले दिएको महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको समेत बताएका थिए ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र १४, २०: ४२

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र १४, २०: ४२

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र १४, २०: ४२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...