
नयाँ विकल्प, काठमाडौं -कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताएका छन् ।
बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको एककार्यक्रममा उनले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे ।
“पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ”, मन्त्री कार्कीले भने, “यो समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।”
उनले आयोगको समय थप गरिएको र आयोगलाई आवश्यक पर्ने स्रोत साधनका लागि पनि सरकारले सहयोग गर्ने बताए ।
सांसद रामनारायण बिडारीले व्यक्ति बेपत्ता पार्ने कार्य मानवता विरुद्धको अपराध भएको हुनाले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिने काममा ढिलाइ गर्न नहुने बताए ।
सहभागीले आफ्नो बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक गर्नुपर्ने, आयोगले जतिसक्दो छिटो न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने माग गरेका थिए । दिवसका अवसर पारेर आयोगले प्रत्येक वर्ष पीडित र सरोकारवाला पक्षलाई बोलाएर कार्यक्रम गर्दै आएको छ ।
नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...
काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...
काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...