काठमाडौं । सरकारले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई कायममुकायम प्रधानसेनापतिमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई भावी प्रधानसेनापतिका रूपमा कायममुकाम जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले २५ भदौदेखि पदबाट अनिवार्य अवकाश पाउँदैछन् । एक महिनाअघि विदा बस्ने सेनाको नियमअनुसार बलाधिकृत रथी थापाले २५ साउनदेखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । थापाको म्याद थप भएको अवधि २०७५ असोज १५ सम्म रहेकाले पनि थापा निर्विकल्प भावी प्रधानसेनापति देखिएका हुन् ।
पुष्पकमल दाहाल नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो खुल्ला भएको थियो । उनको पदावधि ०७४ असोजमा सकिने थियो । तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो ।
उनीसँगै बलाधिकृत बलदेव महतको पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भइसकेका छन् । उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गरेको छ । थापाले सैनिक कल्याणकारी कोषको नेतृत्व सम्हालेपछि नेपालको इतिहासमै पहिलो पटक सैनिक कल्याणकारी कोषको पारदर्शी गर्दै सार्वजनिक गरेका थिए ।
जंगी अड्डाभित्रै तत्कालिन अवस्थामा कतिपय जर्नेलहरुले सेनाभित्रको कोष सार्वजनिक गर्न नहुने दबाब दिंदादिंदै पनि थापाले तत्कालिन सैन्य नेतृत्वलाई विश्वास दिलाएका कारण सेनाभित्र निकै चर्चामा पुगेका थिए । सरल र भद्र स्वभावका थापाले यही साउन २५ गतेदेखि नेपाली सेनाको कार्यभार सम्हाल्दैछन् ।
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...