भावी प्रधानसेनापतिमा पूर्णचन्द्र थापा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

भावी प्रधानसेनापतिमा पूर्णचन्द्र थापा

काठमाडौं । सरकारले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई कायममुकायम प्रधानसेनापतिमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई भावी प्रधानसेनापतिका रूपमा कायममुकाम जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले २५ भदौदेखि पदबाट अनिवार्य अवकाश पाउँदैछन् । एक महिनाअघि विदा बस्ने सेनाको नियमअनुसार बलाधिकृत रथी थापाले २५ साउनदेखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । थापाको म्याद थप भएको अवधि २०७५ असोज १५ सम्म रहेकाले पनि थापा निर्विकल्प भावी प्रधानसेनापति देखिएका हुन् ।

पुष्पकमल दाहाल नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो खुल्ला भएको थियो । उनको पदावधि ०७४ असोजमा सकिने थियो । तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो ।

उनीसँगै बलाधिकृत बलदेव महतको पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भइसकेका छन् । उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गरेको छ । थापाले सैनिक कल्याणकारी कोषको नेतृत्व सम्हालेपछि नेपालको इतिहासमै पहिलो पटक सैनिक कल्याणकारी कोषको पारदर्शी गर्दै सार्वजनिक गरेका थिए ।

जंगी अड्डाभित्रै तत्कालिन अवस्थामा कतिपय जर्नेलहरुले सेनाभित्रको कोष सार्वजनिक गर्न नहुने दबाब दिंदादिंदै पनि थापाले तत्कालिन सैन्य नेतृत्वलाई विश्वास दिलाएका कारण सेनाभित्र निकै चर्चामा पुगेका थिए । सरल र भद्र स्वभावका थापाले यही साउन २५ गतेदेखि नेपाली सेनाको कार्यभार सम्हाल्दैछन् ।

सम्बन्धित समाचार

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७५ श्रावण १४, ०७: ४५

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७५ श्रावण १४, ०७: ४५

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...

विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
  • २०७५ श्रावण १४, ०७: ४५

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ। प्रहरीका अनुसार...