
काठमाडौं । नेपाली कांग्रेसका शन्त नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बिहीबार पार्टीको भोलि भदौ १८ गतेदेखि हुने महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा हालेका छन्।
बैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गर्दै कोभिडका कारण कांग्रेसको महाधिवेशन सार्न माग गर्दै आँफूले रिट हालेको बैद्यले बताए। उनले अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौंको ज्यान जोखिममा पर्ने भन्दै महाधिवेशन रोक्न माग गरेका हुन्।
अहिले महाधिवेशन नगर्दैमा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने भन्दै वैद्यले कांग्रेस निर्वाचन आयोगमा २०७३ मंसिर ३० मा दर्ता भएको दाबी गर्दै अहिले महाधिवेशन नगर्दैमा वैधता नहट्ने बताएका छन्।
गत साउन ३० गते बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मका लागि निर्धारण गरेको छ। कांग्रेसले १४औं महाधिवेशनको प्रारम्भ भोलि भदौ १८ गते देशभरका सबै वडामा वडा अधिवेशन गर्ने मिति निर्धारण गरेको छ।
कांग्रेसले गाउँ-नगरपालिका अधिवेशन भदौ २७गते, प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशन असोज १० गते गर्ने मिति तोकेको छ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...