
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको प्रष्ट पारेका छन् ।
सोमवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने भन्दै अनशन बस्नुपर्ने स्थिती आउन नदिनका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् ।
पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर हाक्न नसक्ने नेता थापाको भनाइ छ ।
नेता थापाले ठूला कुरा नगरि, स–सानो काम पूरा गरेर देखाउन पार्टीका नेतृत्वलाई समेत आग्रह गरे ।
संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छाड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनुपर्ने जोड दिए ।
यस्तै अहिले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नैनहुने काम गरिरहेको नेता थापाको आरोप छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...