एकीकृत समाजवादी पार्टीको उपस्थिति कर्णाली र प्रदेश दुईमा बलियो, यस्तो छ सातै प्रदेशको विवरण – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

एकीकृत समाजवादी पार्टीको उपस्थिति कर्णाली र प्रदेश दुईमा बलियो, यस्तो छ सातै प्रदेशको विवरण

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा उपस्थिति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा कमजोर देखिएको छ ।

यद्यपि दुई प्रदेशमा उपस्थिति कमजोर देखिएपनि माधवकुमार नेपाल नेतृत्वको नयाँ दलमा सहभागिता प्रदेश नम्बर २ सँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलियो देखिएको छ ।


नयाँ दलको उपस्थिति प्रदेश १ र बाग्मतीमा ठीकै देखिएको छ । तर गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जनप्रतिनिधि मूल पार्टीमै बसेका छन् ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ आज मंगलबार साँझ ५ बजेसम्मको समय दिएको थियो ।

प्राप्त विवरणअनुसार सातै प्रदेशका अवस्था यस्तो छ

प्रदेश १ : प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ जना थिए । उनीहरुमध्ये १० जनाले एकीकृत समाजवादी रोजेका छन् ।


प्रदेश २ : प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् ।


बागमती : बागमती प्रदेशमा एमालेका ५६ सांसद थिए । जसमध्ये प्रदेशमा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

गण्डकी : गण्डकी प्रदेशसभामा एमाले २७ सांसद सबै मूल पार्टीमा नै बसेका छन् । तर, एक पालिका उपाध्यक्षसहित ३६ जना स्थानीय जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

लुम्बिनी : लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसद छन् जसमध्ये पाल्पाकी समानुपातिक सांसद रमा घर्तीले मात्रै एकीकृत समाजवादी रोजेकी छन् ।


कर्णाली : कर्णाली प्रदेशमा तीन सांसदसहित ३१८ जना जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा एमालेका १४ जना प्रदेशसभा सदस्यसहित २२१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ भाद्र २२, २३: ०६

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ भाद्र २२, २३: ०६

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २२, २३: ०६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...