एकीकृत समाजवादी पार्टीको उपस्थिति कर्णाली र प्रदेश दुईमा बलियो, यस्तो छ सातै प्रदेशको विवरण – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एकीकृत समाजवादी पार्टीको उपस्थिति कर्णाली र प्रदेश दुईमा बलियो, यस्तो छ सातै प्रदेशको विवरण

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा उपस्थिति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा कमजोर देखिएको छ ।

यद्यपि दुई प्रदेशमा उपस्थिति कमजोर देखिएपनि माधवकुमार नेपाल नेतृत्वको नयाँ दलमा सहभागिता प्रदेश नम्बर २ सँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलियो देखिएको छ ।


नयाँ दलको उपस्थिति प्रदेश १ र बाग्मतीमा ठीकै देखिएको छ । तर गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जनप्रतिनिधि मूल पार्टीमै बसेका छन् ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ आज मंगलबार साँझ ५ बजेसम्मको समय दिएको थियो ।

प्राप्त विवरणअनुसार सातै प्रदेशका अवस्था यस्तो छ

प्रदेश १ : प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ जना थिए । उनीहरुमध्ये १० जनाले एकीकृत समाजवादी रोजेका छन् ।


प्रदेश २ : प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् ।


बागमती : बागमती प्रदेशमा एमालेका ५६ सांसद थिए । जसमध्ये प्रदेशमा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

गण्डकी : गण्डकी प्रदेशसभामा एमाले २७ सांसद सबै मूल पार्टीमा नै बसेका छन् । तर, एक पालिका उपाध्यक्षसहित ३६ जना स्थानीय जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

लुम्बिनी : लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसद छन् जसमध्ये पाल्पाकी समानुपातिक सांसद रमा घर्तीले मात्रै एकीकृत समाजवादी रोजेकी छन् ।


कर्णाली : कर्णाली प्रदेशमा तीन सांसदसहित ३१८ जना जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा एमालेका १४ जना प्रदेशसभा सदस्यसहित २२१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २२, २३: ०६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २२, २३: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २२, २३: ०६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...