एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको चेतावनी – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको चेतावनी


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित एमालेले कारबाही गरेका १४ सांसद सदनको बैठकमा उपस्थित भए सदन चल्न नदिने निष्कर्ष निकालेको छ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बसेको एमाले संसदीय दलको दलको बैठकमा नेपालसहित एमालेले कारबाही गरेका सांसद प्रतिनिधिसभामा उपस्थित भए सदनको कारबाही चल्न नदिन निर्देशन दिएका हुन्।

ओलीले अग्निप्रसाद सापकोटालाई सभामुख मानेर जान नसकिने भन्दै पार्टीको साउन २५ गतेको निर्णयबाट नै कारबाहीमा परेका नेता नेपालसहितका सांसदलाई पदमुक्त नगरेर सभामुखले एमाले विरोधी र गैरसंसदीय काम गरेको आरोप लगाए।

आफूले कारबाही गरेका सांसद उपस्थित भएमा सभामुखलाई राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउन समेत नदिने एमालेले जनाएको छ।
सत्तारुढ गठबन्धनलाई ‘आपराधिक गठबन्धन’को संज्ञा दिएका ओलीले साउन ३२ गते भएको संसद अधिवेशनको अन्त्य र अहिलेको आह्वान नै निर्लज्ज तरिकाले भएको आरोप लगाएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्वन्धी अध्यादेश ल्याएर तत्कालिन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहलाई नयाँ दल बनाउने तयारी गरेको थाहा पाएपछि ओलीले नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए।

एमालेले तीन महिनाअघि बैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित भएको आरोपमा नेपालसहित १४ सांसदलाई मात्र कारबाहीको सिफारिस गरेको थियो। तर यसअघि नै एमालेले पार्टी भित्र १० बुँदे सहमति अनुमोदन गर्दै सबै कारबाही फिर्ता गरेको थियो।

भदौ ९ गते नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दल निर्वाचन आयोगमा दर्ता भएपछि मात्र सभामुखले नयाँ दलमा आवद्ध भइसकेका कारण उनीहरुबारे निर्णय गरिरहन नपर्ने भन्दै निर्णय सुनाएका थिए।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २३, १५: ३३

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र २३, १५: ३३

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र २३, १५: ३३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...