संविधान अनुसार नयाँ दल दर्ता गरेकाले एमालेले कारबाही गर भन्नुको अर्थ छैन: अध्यक्ष नेपाल – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

संविधान अनुसार नयाँ दल दर्ता गरेकाले एमालेले कारबाही गर भन्नुको अर्थ छैन: अध्यक्ष नेपाल

नयाँ विकल्प

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले संविधान अनुसार नयाँ दल दर्ता गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानुनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरु अघि बढेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने ‘उहाहरुले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।’

नेकपा एकीकृत समाजवादी पार्टी राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ बमोजिम एमालेबाट विभाजन भइ यही भदौ ९ गते दर्ता भएको थियो ।

आजको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेस भएको छ भने संसद् बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ भाद्र २३, २१: १५

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ भाद्र २३, २१: १५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ भाद्र २३, २१: १५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...