संविधान अनुसार नयाँ दल दर्ता गरेकाले एमालेले कारबाही गर भन्नुको अर्थ छैन: अध्यक्ष नेपाल – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

संविधान अनुसार नयाँ दल दर्ता गरेकाले एमालेले कारबाही गर भन्नुको अर्थ छैन: अध्यक्ष नेपाल

नयाँ विकल्प

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले संविधान अनुसार नयाँ दल दर्ता गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानुनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरु अघि बढेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने ‘उहाहरुले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।’

नेकपा एकीकृत समाजवादी पार्टी राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ बमोजिम एमालेबाट विभाजन भइ यही भदौ ९ गते दर्ता भएको थियो ।

आजको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेस भएको छ भने संसद् बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ भाद्र २३, २१: १५

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र २३, २१: १५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र २३, २१: १५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...