
काठमाडौं । नेकपा एमालेबाट अलग भई माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादीमा जान माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका एमालेका दुई सांसदको विहीबार सुनुवाई भएन। आफूहरुलाई नेकपा एकीकृत समाजबादी कायम गरिदिन माग गरेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ नगरको हो।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा राखिएको उक्त मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ। प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरु नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै बुधबार रिट दिएका थिए।
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...