
नयाँ विकल्प,
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राखेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीवार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरूबीच सहमति गरेर मात्रै एमसीसी सम्झौतालाई अघि बढाउन सकिने पार्टीको अडान रहेको जानकारी गरेका हुन् ।
त्यस क्रममा उनले नेपाली नागरिकलाई बुझाएर मात्रै यो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको बताएका छन् ।
भेटमा फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउन खोजेकी थिइन ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...