सत्तारुढ गठबन्धनबिच एमसीसीसँगै देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सत्तारुढ गठबन्धनबिच एमसीसीसँगै देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

नयाँ विकल्प,

काठमाडौं– देशको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे सत्तारूढ पाँच दलीय गठबन्धनले छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)परियोजना तथा हिजो बुधवारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरुको सहभागिता थियो ।

बैठकमा विपक्षी नेकपा एमालेले संसद् अवरोध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि शीर्ष नेताहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।

त्यो बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ भाद्र २४, २०: ५८

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २४, २०: ५८

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ भाद्र २४, २०: ५८

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...