कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएका छन्।

आगामी मंसिर दोस्रो साता राजधानीमा हुने १४ औं महाधिवेशनका क्रममा काठमाडौंलगायत विभिन्न जिल्लाहरुमा वडा अधिवेशन र क्रियाशील सदस्यता समेत नटुंगिएको बेला सभापतिकै गृहजिल्लामा बिबाद बढेपछि असन्तुष्टी हुँदै संयोजक यादवले राजीनामा दिएका हुन्।

डडेल्धुरामा क्रियाशील सदस्यताको बिषयमा बिबाद भएपछि जिल्ला कार्य समितिले यथा अवस्थामा निर्वाचन गराउन नसक्ने भन्दै बिबाद टुंग्याएपछि मात्र अधिवेशन प्रकृया अघि बढाउने निर्णय गरेको थियो। तर जिल्ला निर्वाचन अधिकृत लोकन्द्र बमले भदौ २५ गते निर्वाचन गराउने कार्यसूचि प्रकाशित गरेको थियो।

कांग्रेस उपसभापति विलमेन्द्र निधिले बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेखी क्रियाशील सदस्यताको बिबाद नटुंगिएसम्म निर्वाचन प्रकृया अघि नबढाउन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सभापति देउवासँग भेटेर निर्वाचन प्रकृया रोक्न दबाब दिएका थिए।

तर निर्वाचन अधिकृत बमले भने भदौ २५ मै अधिवेशन गराउने भनी विज्ञप्ति जारी गरेका छन्। पौडेल पक्षीय नेताहरुले भने सभापति देउवाले अधिवेशन रोक्न निर्देशन दिइसकेको बताएका थिए।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ भाद्र २५, १०: ११

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २५, १०: ११

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ भाद्र २५, १०: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...