कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएका छन्।

आगामी मंसिर दोस्रो साता राजधानीमा हुने १४ औं महाधिवेशनका क्रममा काठमाडौंलगायत विभिन्न जिल्लाहरुमा वडा अधिवेशन र क्रियाशील सदस्यता समेत नटुंगिएको बेला सभापतिकै गृहजिल्लामा बिबाद बढेपछि असन्तुष्टी हुँदै संयोजक यादवले राजीनामा दिएका हुन्।

डडेल्धुरामा क्रियाशील सदस्यताको बिषयमा बिबाद भएपछि जिल्ला कार्य समितिले यथा अवस्थामा निर्वाचन गराउन नसक्ने भन्दै बिबाद टुंग्याएपछि मात्र अधिवेशन प्रकृया अघि बढाउने निर्णय गरेको थियो। तर जिल्ला निर्वाचन अधिकृत लोकन्द्र बमले भदौ २५ गते निर्वाचन गराउने कार्यसूचि प्रकाशित गरेको थियो।

कांग्रेस उपसभापति विलमेन्द्र निधिले बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेखी क्रियाशील सदस्यताको बिबाद नटुंगिएसम्म निर्वाचन प्रकृया अघि नबढाउन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सभापति देउवासँग भेटेर निर्वाचन प्रकृया रोक्न दबाब दिएका थिए।

तर निर्वाचन अधिकृत बमले भने भदौ २५ मै अधिवेशन गराउने भनी विज्ञप्ति जारी गरेका छन्। पौडेल पक्षीय नेताहरुले भने सभापति देउवाले अधिवेशन रोक्न निर्देशन दिइसकेको बताएका थिए।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २५, १०: ११

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र २५, १०: ११

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र २५, १०: ११

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...