जटिलता ल्याउँछः राप्रपा
काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय सुनुवाई समितिले प्रधानन्यायधिश पदमा प्रस्तावित दिपकराज जोशीलाई अयोग्य ठह¥याई अस्वीकृत गरेको घटनाले संवैधानिक जटिलता ल्याउने बताएको छ ।
जोशीलाई प्रधानन्यायाधीशमा अयोग्य ठह¥याउने घटना नेपालको संसदीय र न्यायिक अभ्यासमा नौलो परिघटना भएको भन्दै राप्रपाले प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मुल्याङ्कन गर्ने र निर्णय गर्ने क्षेत्राधिकार समितिको भएपनि संवैधानिक परिषदले गरेको सिफारिस अस्वीकृत हुनुले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको निष्कर्ष निकालेको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी दिनमा कैयन संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्ने धारणा सार्वजनिक गरेको हो ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...