
नयाँ विकल्प,
काठमाडौ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच शुक्रवार दिउँसो भेटवार्ता भएको छ ।
एमसीसी उपाध्यक्ष फातिमाले सिंहदरबार पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् ।
भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरिन भने मन्त्री भुसालले दलहरुबीचको सहमतिको आधारमा सम्झौतालाई अघि बढाउने धारणा राखेकी थिइन ।
भेटमा नेपालको जल विद्युत् तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।
जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र नागरिकको चाहनाअनुसार नै निष्कर्षमा बताएकी थिइन ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...